काठमाडौं ।  काठमाडौंको  कागेश्वरी मनोहरा नगरपालिका  वडा नं ४ थली सिंखडा गाउँ विश्वर सिंखडाको घरसँगै जोडिएको गाई गोठमा भीषण आगलागी भएको छ।

बुधबार साँझ  आगलागी भएको थियो  | भीषण आगो नियन्त्रण गर्ने कार्यमा वडा नम्बर ४ को वडा प्रमुख धन सर, तथा वडा सदस्य भीम सर, नगरप्रहरी दमकल सहित आगो निभाउने काममा परिचालन भई आगो निभाउने कार्य गरियो साथै आगोको धुवाँले अक्सिजन कमी भई बेहोस हुनुभएको थियो | उनीहरुलाइ  तत्काल उद्दार गरी अस्पताल पठाइएको थियो | अहिले उनीहरुको  अवस्था  सामान्य  रहेको जानकारी  गरेका छन् ।