नगरपालिकाले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै पालिकाको कार्यालय, सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा संस्थागत र सामुदायिक विद्यालयमा शोक बिदा दिएको उल्लेख गरेको छ ।
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको ४६ वर्षको उमेरमा निधन भएको छ। पन्ध्र महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित थापाको शुक्रबार बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाले जनाएको छ। थापा नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत थिए।

