काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ थली सिंखडा गाउँ विश्वर सिंखडाको घरसँगै जोडिएको गाई गोठमा भीषण आगलागी भएको छ।
बुधबार साँझ आगलागी भएको थियो | भीषण आगो नियन्त्रण गर्ने कार्यमा वडा नम्बर ४ को वडा प्रमुख धन सर, तथा वडा सदस्य भीम सर, नगरप्रहरी दमकल सहित आगो निभाउने काममा परिचालन भई आगो निभाउने कार्य गरियो साथै आगोको धुवाँले अक्सिजन कमी भई बेहोस हुनुभएको थियो | उनीहरुलाइ तत्काल उद्दार गरी अस्पताल पठाइएको थियो | अहिले उनीहरुको अवस्था सामान्य रहेको जानकारी गरेका छन् ।
